भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सर्पदंशका बिरामी बढे

सर्पदंशका बिरामी बढे

काठमाडौं । बर्खासँगै सर्पदंशका बिरामीको संख्या बढेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १२ जना सम्म सर्पदंशका बिरामी इमर्जेन्सीमा उपचार गर्न पुग्ने गरेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

अन्य मौसममा भन्दा असार र साउनमा सर्पदंशका बिरामी धेरै नै आउँने गरेको उनको भनाइ छ । सर्पदंशका बिरामी अझ बढ्दै जानेसमेत उनले बताए । काठमाडौं आसपासका पहाडी भेगमा देखिने सर्प तराई भेगमा देखिनेको तुलानामा कम विषालु हुने भए पनि सर्पले टोक्नासाथ स्वास्थ्य संस्थामा पुग्नुपर्ने समेत डा. पुनले बताए ।

तराईमा पाइने सर्पले टोक्यो भने मुटु, मस्तिष्क तथा मिर्गौलामा छिटो असर गर्छ भने पहाडी भेगमा पाइने सर्पको टोकाइले शरिरमा रगत जम्ने समस्या धेरै छिटो हुने गरेको उनको भनाइ छ ।

बर्खामा सर्पदंशको जोखिम धेरै हुने भएकाले वरपरको घाँस झारपात काटेर सफा राख्न, घर वरपरका दुलो टाल्ने, राति टर्चलाइट लिएर हिँड्न, जुत्ता वा गमबुट लगाउन र गोडा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउन विज्ञले सुझाव दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.