भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सर्लाही कांग्रेस सभापतिमा सिंह विजयी

सर्लाही कांग्रेस सभापतिमा सिंह विजयी

काठमाडौं । नेपाली कांग्रेसको सर्लाही जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् । उनले १७५८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी लक्ष्मण रायले १३७८ मत ल्याए ।

उपसभापतिमा डाक्टर सरोज कुमार १७६४ मत र नवीप्रसाद अधिकारी १४९३ मतका साथ विजयी भएका छन् । उपसभापतिका अन्य दुई उम्मेदवार शेष सहदुल्लाहले १४७४ र रविनन्दन चौधरीले १३१४ मत पाए ।

सचिवमा निरज कार्की १७२६ र मनोजकुमार यादव १४२६ मतका साथ विजयी हुँदा उनीहरूका प्रतिस्पर्धी कष्णराज रायमाझीले १४१२ र नरेन्द्र भट्टराईले १३९९ मत पाए ।

सहसचिवमा इन्द्रबहादुर योञ्जनले १७११ मत र सुनिलकुमार कुशवाह १५७९ मतका साथ निर्वाचित भए । सहसचिवका उम्मेदवार सूर्यबहादुर खड्काले १३६५ दिनेश मिश्रले १२३७ मत प्राप्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.