भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सहकारीमा जोखिम बढ्दै

सहकारीमा जोखिम बढ्दै

काठमाडौं । सहकारी संस्थाको नियमन तथा अनुगमन हुन नसक्दा जोखिम बढ्दै गएको छ । सरकारले कार्यक्षेत्रका आधारमा सहकारी संस्थालाई तीनै तहको सरकारको मातहतमा राख्दा सहकारीहरूको नियमन र अनुगमन पक्ष कमजोर भई जोखिम बढ्दै गएको हो ।

सङ्घीय सरकारले सहकारीहरूको अभिलेख स्थानीय तहसम्म हस्तान्तरण गरिसकेको छ । जसका कारण ३० हजार सहकारीमध्ये २३ हजार स्थानीय सरकार मातहतमा पुगेका छन् । छ हजार प्रदेश सरकारसँग र १२५ वटा मात्र सङ्घमा रहेका छन् ।

स्थानीय तहमा नियमन गएपछि जनशक्ति व्यवस्थापन हुन नसकेको सहकारी बैङ्कका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले बताए । पैसाको कारोबार गर्ने भएकाले सहकारीलाई यसरी छाड्दा समस्या निम्तिन सक्ने भएकाले अनुगमन गर्ने तहको अभावमा झनै जोखिम बढ्ने उनको भनाइ छ ।

विगतमा डिभिजन कार्यालयले कम्तीमा वर्षमा एक पटक भए पनि स्थलगत निरीक्षण गर्ने गरेमा अहिले त्यो पनि हुन नसक्दा स्थानीय तहमा रहेका सहकारी जोखिममा रहेको जिसीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.