भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

सहरी पूर्वाधार व्यवस्थित गर्न युटिलिटी कोरिडोर बनाइने

सहरी पूर्वाधार व्यवस्थित गर्न युटिलिटी कोरिडोर बनाइने

काठमाडौँ । सरकारले सहरी पूर्वाधार निर्माणलाई व्यवस्थित र चुस्त बनाउन सडक, पुल, स्मार्टसिटीजस्ता संरचनाको योजना निर्माणकै चरणमा दूरसञ्चार, विद्युत्, ढल, खानेपानीलगायत पूर्वाधारका लागि एकीकृत युटिलिटी कोरिडोर बनाउने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्ष २०७९ र ८०को नीति तथा कार्यक्रममा सहरी पूर्वाधारमा एकीकृत युटिलिटी कोरिडोर बनाउने घोषणा गर्नुभयो ।युटिलिटी कोरिडोरसहितको सहरी विकाससम्बन्धी नीतिगत व्यवस्था गर्ने घोषणा पनि सरकारले गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतीघरसम्मको युटिलिटी कोरिडोर आगामी आर्थिक वर्षमै प्रारम्भ गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० र रुकुमपूर्वमा आवश्यक कार्यालय भवन निर्माण पनि आगामी वर्षदेखि प्रारम्भ गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । दक्षिण–पश्चिमका सीमावर्ती र उत्तरी सिमानाका व्यापारिक नाकामा सहरी पूर्वाधारको निर्माण गरिने भएको छ ।दोधारा–चाँदनी र राजापुरमा सहर विकासका पूर्वतयारीका काम सुरु गर्ने योजना पनि सरकारले नीति तथा कार्यक्रममार्फत अघि सारेको छ । सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थित विकास गर्ने नीति लिएको पनि कार्यक्रममा उल्लेख गरिएको छ । यसअन्तर्गत काठमाडौँ उपत्यकाको एकीकृत गुरुयोजना तयार गर्ने सरकारको योजना छ । काठमाडौँलगायत स्थानमा पुराना र अव्यवस्थित बस्तीको जग्गा एकीकरण ९हाउसपुलिङ० गर्ने योजना बनाउने सरकारको तयारी छ ।सरकारले नीति तथा कार्यक्रममा बाहिरी चक्रपथ निर्माणलाई अघि बढाउने कार्यक्रम पनि उल्लेख गरेको छ । डेढ दशकदेखि चर्चामा रहेको काठमाडौँ उपत्यकाका तीन जिल्लामा फैलने बाहिरी चक्रपथको योजनाले अझै कार्यान्वयनको रुप भने पाउन सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.