भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सात दिनभित्र स्पष्टीकरण पेश गर्न गृहको निर्देशन

सात दिनभित्र स्पष्टीकरण पेश गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा. विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको हो । नुवाकोटका ठकुरी नेपाल प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत छन् । उनी कार्तिक ८ देखि अस्पतालमा हाजिर नभएको गृहले उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

झा २२ कात्तिकबाट कार्यालयमा हाजिर नभएको जनाइएको छ । उनी केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा कार्यरत उनलाई पनि सात दिनभित्र स्पष्टीकरणको जवाफ दिन निर्देशन दिएको छ । चित्त बुझ्दो जवाफ नदिए दुबैलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनी गृहले दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.