भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल

सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेको बताएका छन् । विहिबार आईएमईले आयोजना गरेको आईएमई डबलको डबलको डबल अफरका भाग्यशाली विजेता घोषणा गर्न आयोजित कार्यक्रममा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन ।

उनले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने समेत बताए । अब नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउने प्रक्रिया पनि सुरु भइसकेकोले सबैलाई साथ दिन ढकालले आग्रह गरे । लगानीबाट राम्रो प्रतिफल आउने भएकोले पनि रेमिट्यान्सलाई सही सदुपयोग गर्नु पर्ने उनको तर्क थियो ।

आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आईएमईले नागरिकको सहजताका लागि काम गर्ने संस्थाका रुपमा विकास भएको बताउदै संस्थागत सामाजिक उत्तरदायित्व तथा अन्य समयमा पनि आम नागरिकको समस्या समाधान गर्ने प्रयास आईएमईले हरेक वर्ष गर्दै आएको उनको भनाई थियो ।

 


Thali Mobile Pvt.Ltd.