भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

सालको काठसहित प्रहरी नियन्त्रणमा

सालको काठसहित प्रहरी नियन्त्रणमा

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले १७२ थान अवैध सालको काठसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरीको ब्यूरो र इप्रका छिन्चुबाट सोमबार खटिई गएको विशेष टोलीले भेरीगङ्गा नगरपालिका–१० सुर्खेतका ४१ वर्षीय अलबहादुर पुनमगर, सोही नगरपालिका–४ का ४६ वर्षीय उदिराम खत्री र ३८ वर्षीय खिमराज खत्रीलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा प्रहरीले सुर्खेत ठूलाखालबाट छिन्चुतर्फ भे१ह ३३४१ नंको अटोमा लाँदै गरेका अटोचालक पुनमगरबाट ८।५ क्युफिटको २३ थान सालको अवैध काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

त्यस्तै, विशेष सूचनाका आधारमा भेरीगङ्गा नगरपालिका– ४ सुर्खेतका उदिराम खत्रीको घरको करेसाबारीमा लुकाइछिपाई राखेको अवस्थामा ११४।४७ क्युफिटको १३६ थान सालको अवैध काठ र सोही वडाका खिमराज खत्रीको घरमा लुकाइछिपाई राखेको अवस्थामा ७।११ क्युफिटको १३ पिस सालको अवैध काठ बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । उहाँका अनुसार, बरामद गरिएको अवैध काठ र नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय छिन्चु सुर्खेतमा बुझाइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.