भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिँचाइको मात्रै उचित ढङ्गले व्यवस्थापन गर्नुपर्छ : मन्त्री भुसाल

सिँचाइको मात्रै उचित ढङ्गले व्यवस्थापन गर्नुपर्छ : मन्त्री भुसाल

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कृषिलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुपर्ने बताएकी छन् । शुक्रवार काठमाण्डौमा भएको कार्यक्रममा मन्त्री भुसालले देशको समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन । उनले निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रूपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकीकरण गर्नेतर्फ सोच्नुपर्ने बताइन ।

मन्त्री भुसालले सिँचाइको मात्रै उचित ढङ्गले व्यवस्थापन गर्दा र आधुनिक मल, बिउ र यान्त्रिकीकरण गर्दा कृषिमा आत्मनिर्भर हुन सक्ने तर्क गरिन । उनले विद्युतीय सामग्रीको प्रयोगमा वृद्धि गर्नुपर्ने बताइन । कृषिमा आत्मनिर्भर हुनुपर्ने र त्यसका लागि जमिन बाँझो नछोडी खेती गर्नुपर्ने बताउदै उनले भनिन ‘आर्थिक विकास र सामाजिक विकासमार्फत सामाजिक न्यायमा आधारित समाजवादउन्मुख समाज निर्माण गर्ने प्रतिबद्धता हामीले संविधानमै ग¥यौँ । अब त्यसको कार्यान्वयन तहमा हामी अगाडि बढेका छौँ ।

 

 


Thali Mobile Pvt.Ltd.