भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सिरियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु

सिरियामा राष्ट्रपतिका लागि निर्वाचन शुरु

सिन्ह्वा ।सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ । सिरियाली अधिकारीहरुले बुधबार यहाँको राष्ट्रपति पदका लागि शुरु भएको निर्वाचनमा मतदान भइरहेको बताएका छन् । समाचारमा जनाइएअनुसार यहाँ सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भइरहेको बताएका छन् । खासगरी सिरियाको राजधानी र सरकारको नियन्न्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचन प्रक्रिया शुरु भएको बताइएको छ । ब्ुाधबार बिहानबाट शुरु भएको मतदान प्रक्रिया आज साँझसम्म नै जारी रहने बताइएको छ । सिरियाको सरकारको नियन्त्रणमा रहेका क्षेत्रहरुमा मात्र निर्वाचनको मतदान भएको छ ।

सिरियाका आन्तरिक मामिला सम्बन्धी मन्त्री मोहमद अल रहमाउनले मंगलबार सिरियामा देशभरमा गरेर १२ हजार ओटा मतदान केन्द्रहरु स्थापना गरिएको जानकरी दिनुभएको थियो । उहाँले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबार हुने मतदानको शान्ति सुरक्षाको पनि व्यवस्था मिलाइएको जानकारी दिनुभएको थियो । उहाँले मतदानको कामलाई सुरक्षित रुपमा सम्पन्न गर्ने गरी तयारी भएको जानकारी पनि त्यस अवसरमा दिनुभएको थियो ।

सिरियाका वर्तमान राष्ट्रपति बसार अल असदसहित यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका छन् । सिरियामा केही वर्षअघि देखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो । सिरियाका राष्ट्रपति असार अल असदका विरुद्धमा आन्दोलन चर्किएको थियो र जारी आन्दोलनमा भएका हिंसामा यहाँका ४ लाख भन्दा पनि बढी मानिसको ज्यान गएको छ ।

 


Thali Mobile Pvt.Ltd.