भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

सेना परिचालन गरिदै

सेना परिचालन गरिदै

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले  स्वीकृति दिएकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी गरिएको छ । एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान गरी झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ ।

निर्वाचनमा नेपाली सेनालाई मतपत्र छपाइको सुरक्षा, ढुवानी, निर्वाचन स्थलको सुरक्षा, विस्फोटक पदार्थ निष्क्रिय गर्ने लगायतका सुरक्षा जिम्मेवारी दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.