भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

सोधपुछपछि अनमोललाई सरकारी वकिल कार्यालयमा लगियो

सोधपुछपछि अनमोललाई सरकारी वकिल कार्यालयमा लगियो

काठमाडौं । सोधपुछपछि अभिनेता अनमोल केसीलाई सरकारी वकिल कार्यालयमा लगिएको छ ।

महानगरीय प्रहरी परिसर टेकुमा केसीसँग सोधपुछ गरेको थियो । उक्त सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताए ।

स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए । अनमोललाई भेट्न भुवन केसीकी छोरी तथा अनमोलकी दिदी काजल पनि पुगेकी थिइन् ।

उनलाई प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउन लगेको छ । फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्माताले अनमोलविरुद्ध उजुरी दिएका थिए ।

प्रहरीले शुक्रबार बेलुका उनलाई साँगाबाट पक्राउ गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.