काठमाडौँ । राजधानीमा २० दिनको निषेधाज्ञासम्म आइपुग्दन कोरोना भाइरसको सङ्क्रमणमा सामान्य कमी आएको देखिएको छ । सोमबारको तुलनामा मङ्गलबार संक्रमितको संख्यामा केही कमी आएको देखिएको हो । मंगलबार एक हजार ४४ जनाभन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सामान्य कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या नौ हजार २४७ थियो भने मङ्गलबार त्यो सङ्ख्या घटेर आठ हजार २०३ भएको थियो । काठमाडौँ उपत्यकामा भने कोरोना सङ्क्रमण दर घट्दो क्रममा छ । मङ्गलबार काठमाडौँ उपत्यकामा दुई हजार ६३५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
