भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन

सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन

काठमाण्डौ । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइन सञ्चालनमा आएको हो । नेपाल सरकार र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र ३०२ वटा टावरहरु रहेका छन् ।

२३ दशमलव ५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी) ८२ मेगावाटको तल्लो सोलु खोला लगायतका जलविद्युत् आयोजनाको विद्युत् तिङ्ला सबस्टेसनमा जोडिने छ । सोलु करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत तिङ्लामा १३२र३३ केभी, ३० एमभीए र ३३र११ केभी,८ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.