भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

सौहार्द पूर्ण रुपमा होली पर्व मनाउन प्रधानमन्त्री देउवाको आग्रह

सौहार्द पूर्ण रुपमा होली पर्व मनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । फागुपूर्णिमाको अवसरमा स्वदेश र विदेशमा रहेका सबैमा सौहार्द पूर्ण रुपमा होली मनाउँन प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् । फागु पूर्णिमा (होली) को अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले होली शान्त तरिकाले खेल्न आग्रह गरेका हुन । कोभिड–१९ को संक्रमण अझै पूर्णरूपमा नियन्त्रण भइ नसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन प्रधानमन्त्री देउवाले निर्र्देशन दिएका छन् ।

उन होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको उल्लेख गरेका छन् । साथै उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गर्दै होलीको शुभकाना समेत दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.