भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

स्तनको साइज अनुसार कर उठाएपछि…

स्तनको साइज अनुसार कर उठाएपछि…

राज्यले विभिन्न उत्पादन, उपभोगलगायतमा कर लगाएको हामीले सुनेका र देखेका छौं । तर, संसारमा कैयौं यस्ता चिजहरुमा पनि कर लगाएका छन्, जसले हामीलाई अचम्म बनाउँछ ।

स्तन कर
संसारका कतिपय देशमा स्तन कर पनि लगाइएको पाइन्छ । कर असुल गर्नेले महिलाको स्तनको नापअनुसार कर असुल्ने गथ्र्याे । यस्ता करबाट आजित भएकी एक युवतीले आफ्नो स्तननै काटेर फालेको बताइन्छ ।

सेक्स कर
जर्मनमा वेश्यावृतीलाई वैधानिकता दिइएको छ । तर, त्यसलाई ‘सेक्स कर’ जस्ता कानुनले नियमन गरिएको छ । सन् २००४ मा ल्याइएको यो कानुनअनुसार वैश्याहरूले प्रतिमहिना १ सय ५० युरो कर बुझाउनु पर्दथ्यो । पार्ट टाइम वेश्यावृति गर्नेले प्रतिदिन ६ युरो बुझाउनु पर्दथ्यो । यही ‘सेक्स कर’ ले मात्रै जर्मनको आम्दानी वार्षिक १ मिलियन युरो हुने गर्दथ्यो ।

वयस्क कर
बेलायतमा जूलियस सिजरले सन् १६९५ देखि १७०२ सम्म ‘वयस्क कर’ लगाएका थिए । मुसोलिनीले पनि १९२४ मा यस्तो कर लगाएको बताइन्छ । यो कर अन्तर्गत २१ देखि ५० वर्षका अविवाहित पुरुषले वयस्क कर तिर्नु पर्दथ्यो । त्यतिमात्र होइन् उनीहरूलाई वजारमा निवस्त्र घुमाएर गिल्ला गरिन्थ्यो

मुत्र कर
रोमनका राजा वेस्पेशनले मुत्र कर लगाएका थिए । घरमा वाहेक अन्यत्र पिसाव गरेको कर तिर्नु पथ्र्यो । जब उनका छोराले बाबुलाई यस्तो फोहोरी काम किन गरेको भन्दै प्रश्न गरे, राजाले छोरोको नाकमा सिक्का टाँसि दिदैं भने, ‘पैसाबाट दुर्गन्ध आउँदैन ।’

 

 


Thali Mobile Pvt.Ltd.