भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी दिन राजनीतिक दलसंग छलफल गर्दै आयोग

स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी दिन राजनीतिक दलसंग छलफल गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी दिन र दलहरुबाट रायसुझाव लिन शुक्रबार विहान दलहरुसंग छलफल गर्दै छ ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिहरुलाई आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

पौडेलले सरकारले बैशाख ३०का लागि निर्वाचन घोषणा भएको करिब एक महिना पुगेको र आयोगले निर्वाचनका लागि गरेका क्रियाकलापहरुबारे दलहरुलाई जानकारी दिने तथा आयोगसंग दलहरुले गरेको अपेक्षाबारे जानकारी लिदैं छलफल तथा अन्तरक्रिया गरिने बताए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा ८० दलले दल दर्ताका लागि निवेदन दिएकोमा ५७ दलले भाग लिएको र निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रहेको छ ।

यस पटकको स्थानीय तह निर्वाचनका लागि आयोगले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक ७९ दललाई मान्यता दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.