भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङः बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङः बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङः बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्र का.अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा ‘विफ्रिङ’ गर्दै उहाँले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको जानकारी गराउनुभएको थियो । वर्तमान सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको काम कारबाहीमा समस्या आएको बताइएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बिहीबार संसद्मा प्रतिस्थापन विधेयक पेश गर्ने सरकारले तयारी गरेको प्रवक्ता महराले जानकारी दिनुभयो । “भोलि संसद् बस्दैछ, आज पाँच दलको बैठक छ, त्यसपछि टुङ्गो लाग्छ ।” बैठकले केन्द्रीय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.