भर्खरै : Sorry, your browser does not support inline SVG.

स्व. रामसिंह महराको पुण्य तिथीकाे अवसर पारेर मानव सेवा आश्रम सामाखुशीमा खाना खुवाउने कार्यक्रम सम्पन्न

स्व. रामसिंह महराको पुण्य तिथीकाे अवसर पारेर मानव सेवा आश्रम सामाखुशीमा खाना खुवाउने कार्यक्रम सम्पन्न

काठमाडाैं । स्व. रामसिंह महराको पुण्य तिथी पारेर मानव सेवा आश्रम सामाखुशीमा लक्ष्मी नारायण र बाल गोपालको लागि खाना खुवाउने कार्य सम्पन्न भएको छ ।

डिस्ट्रीक ३२५ ए २ अन्तर्गतको क्लव लायन्स क्लव अफ काठमाडौं ओपेरा सिटीका क्लव प्रेसिडेन्ट लायन जयन्ती अधिकारी महरा, क्लब ट्रेजरर लायन उद्दब बहादुर महराका पिताको पुण्य तिथिको अवसरमा सम्पन्न यो कार्यक्रममा लायन जयन्ती अधिकारी र उद्दब महरालाई हार्दिक बधाई दिएका छन् ।

food fiding डिस्ट्रीक ३२५ ए २ का प्रथम भाइस गभर्नर पि.यम.जेफ कार्यक्रममा लायन केशब पाण्डे, डिस्ट्रिक क्याबिनेट ट्रेजरर डा. कमल कायस्थ, डिस्ट्रि ३२५ बि १ का डिपार्टमेन्ट चिफ हङगर रिलिफ लायन जनार्दन फुयाल, डिस्ट्रि ३२५ बि १ का डिपार्टमेन्ट चिफ क्याम्पियन १०० का पि. यम. जे.फ लायन राजु चालिसेले मानव सेवा नै उच्चतम सेवा अर्थात परोपकार सेवा भएको बताए ।

त्यस्तै डिस्ट्रिक ३२५ ए २ का रिजन चेयर पर्सन लायन ईन्द्र बहादुर कार्की, जोन चेयर पर्सन लायन रेणु श्रेष्ठलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागिले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यक्रमको अपेक्षा गरेको बताए । दीन दुःखीको सेवाले पुण्य प्राप्त हुने भन्दै खाना कार्यक्रममा क्लब अध्यक्ष जयन्ती अधिकारी महरालगायतको टिमलाई बधाई दिए । साथै District Department Chief Hunger Relif Lion Janardan Phuyal ले District 325 B1 काे Governors pin बाट सम्मान समेत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.