भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

स्वतन्त्रता दिवसमा रक्तदान र स्वास्थ्य शिविर

स्वतन्त्रता दिवसमा रक्तदान र स्वास्थ्य शिविर

गण्डकी, । भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय पोखराले सोमबार रक्तदान र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । भारतीय पेन्सन क्याम्प रामबजारमा आयोजित रक्तदान कार्यक्रममा १११ पिन्ट रगत सङ्कलन गर्नुका साथै मुख, दाँत परीक्षण, रक्तअल्पता, क्यान्सर र स्वास्थ जीवनयापनका लागि जीवनशैलीसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख कर्णेल शशाङ्क त्रिपाठीले कार्यक्रमको शुभारम्भ गर्दै भुतपूर्व सैनिकको सेवाका साथै रचनात्मक क्रियाकलापमा क्याम्पबाट निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । क्याम्पमा आवद्ध चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, रक्तदान अभियानकर्मी सराङकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णबहादुर थापा, गोर्खा क्युनिटी समूहका अध्यक्ष चोकबहादुर गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, विज्ञापन बोर्डका अधिकृत हरिनारायण गौतम, पेन्सन वितरण कार्यालयका भरतभूषण पाण्डे, चेतबहादुर खत्रीलगायतले रक्तदानकको महत्व एवं उपादेयतामाथि चर्चा गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.