भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य सामग्री सहयोग

कास्की । बोधिसत्वा विहार काठमाडौँले गण्डकी प्रदेशका स्वास्थ्य संस्था, स्थानीय तह र पत्रकार महासङ्घ कास्की शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका संस्थालाई बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी २० थान अक्सिजन कन्सन्ट्रेटरलगायत रु ३० लाख मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको स्थानीय व्यवस्थापन संयोजक दीननाथ बरालले बताउनुभयो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी प्रदेशको सङ्क्रामक तथा सरुवा रोग अस्पताल, शिशुवा कोभिड अस्पताल, कास्कीका चार गाउँपालिका, पत्रकार महासङ्घ कास्की, फोटो पत्रकार महासङ्घ गण्डकी प्रदेशसहितका विभिन्न सङ्घसंस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । पोखराका तीन अस्पताललाई १० लिटरको दुईरदुई र पाँच लिटरको तीन–तीनवटा अक्सिजन कन्सन्टेटर वितरण गरिएको संयोजक बरालले बताउनुभयो ।

यसैगरी अस्पताललाई जनही एकरएक सय पिपिइ सेट, एकरएक कार्टुन औषधि, मास्क, स्यानिटाइजर, फिनेल, ह्याण्डवास, फेसशिल, अक्सोमिटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रतिष्ठानका निर्देशक डा भरत खत्री, प्रतिष्ठानका कोभिड फोकल पर्सन डा शरदचन्द्र बराल, सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचन, माछापुच्छे गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी

दबाडी, पत्रकार महासङ्घका अध्यक्ष विमला भण्डारीलगायतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । महानगर प्रमुख जिसीले स्वास्थ्य सामग्रीलाई आवश्यकताका आधारमा प्रयोग गर्ने बताउँदै महामारीका बेला निजी क्षेत्रको समेत सहकार्य आवश्यक रहेको बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.