भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्वास्थ्यमन्त्रीद्वारा नर्स दिवसको शुभकामना सन्देश

स्वास्थ्यमन्त्रीद्वारा नर्स दिवसको शुभकामना सन्देश

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।उहाँले आज अन्तर्राष्ट्रिय नर्स दिवसको अवसर पारेर शुभकामना व्यक्त गर्नुभएको हो । मन्त्री लामाले नर्सका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित भएको बताउनुभएको छ ।

शुभकामना सन्देशमा मन्त्री लामाले कोभिड–१९ को कहर तथा विश्वव्यापी रुपमा देखिने गरेको महामारीविरुद्ध नर्सहरुले दृढता, प्रतिबद्धता र इमान्दारीका साथ अहोरात्र खटेर सङ्क्रमण रोकथाम, नियन्त्रण एवं उपचार व्यवस्थापनमा देखाएको सक्रियताका कारण नर्सहरुप्रति बिरामी र आम नागरिकको सम्मान र श्रद्धा बढिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

मन्त्री लामाले नर्सको स्वास्थ्य सेवा समर्पणमा धैर्यता तथा स्वास्थ्योपचारमा उल्लेख्य प्रगतिका लागि बिरामीको आत्मबल बढाउन दिइने निरन्तर हौसलाको स्वास्थ्य क्षेत्रमा सधैँ नै आवश्यकता भइरहनेसमेत बताउनुभएको छ ।अन्तर्राष्ट्रिय जगतमा नर्स फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा विश्वव्यापीरुपमा अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गरिन्छ । ‘नर्स नेतृत्वको लागि एक आवाज –विश्वव्यापी स्वास्थ्य सेवा सुरक्षित गर्नको लागि नर्सिंङ क्षेत्रमा लगानी गर्नुहोस्’ भन्ने नाराकासाथ आज विश्वव्यापी पमा मनाइँदैछ ।

 


Thali Mobile Pvt.Ltd.