भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

हवाई भाडाको ‘कार्टेलिङ’ अध्ययन गर्न पर्यटन मन्त्रालयद्वारा निर्देशन

हवाई भाडाको ‘कार्टेलिङ’ अध्ययन गर्न पर्यटन मन्त्रालयद्वारा निर्देशन

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको ‘कार्टेलिङ’ अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ । आन्तरिक उडान गर्दै आएका बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले आपसी मिलेमतोमा आफुखुसी हवाई भाडादर निर्धारण गरेपछि मन्त्रालयले अध्ययनका लागि प्राधिकरणलाई निर्देशन दिएको हो ।

आन्तरिक उडान गर्ने कम्पनीले हवाई उडानमा कार्टेलिङ गरिरहेको सूचनाका आधारमा अध्ययन अगाडि बढाउन निर्देशन दिएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्टेलिङको विषयमा उठेको कुरासम्बन्धी अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छौँ, कार्टेलिङ भएको पुष्टि भएमा कारबाही हुनेछ ।” मिलेमतोमा भाडा निर्धारण गर्न नमिल्ने भएकाले यस्तो क्रियाकलाप नियन्त्रण गर्नमा लाग्ने उहाँको भनाइ छ ।

आन्तरिक हवाई कम्पनीले गर्दै आएको कार्टेलिङको राष्ट्रिय योजना आयोगले समेत अध्ययन गरिरहेको बताइएको छ । हवाई कम्पनीको कार्टेलिङको अध्ययन गर्न आयोगका सदस्य डा रामकुमार फुयाँलको नेतृत्वमा कमिटी बनेको छ । आयोगका तत्कालीन उपाध्यक्ष डा विश्व पौडेलले सार्वजनिक यातायातको क्षेत्रमा भइरहेको सिन्डिकेट र कार्टेलिङको अध्ययन अघि बढाउँदै त्यसको जिम्मा फुयाँललाई दिनुभएको बताइएको छ ।

मिलेमतोका आधारमा टिकट बिक्री गरेर कार्टेलिङको साम्राज्य खडा गरेको बताउँदै यो विषयलाई गम्भीर रुपमा लिएर अध्ययन अघि बढाइरहेको आयोगले जनाएको छ । नेपाल सरकारले तोकेको न्यूनतम र अधिकतम भाडादरलाई आधार बनाएर वायुसेवा कम्पनीहरुले कार्टेलिङ गरिरहेको आरोप लागेको छ । अहिले कुनै पनि सेक्टरमा उडान गर्ने सबै कम्पनीको हवाई भाडा एउटै कायम रहेको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.