भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्सलाई

हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्सलाई

काठमाडौँ, । अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्स स्कुल ललितपुरले हात पारेको छ । लियो क्लब अफ काठमाडौँ समर्पणद्वारा शनिबार यहाँ आयोजित सो प्रतियोगितामा ११ विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा केन्द्रीय विद्यालय द्वितीय, राजश्री गुरुकुल तृतीय र राई स्कुलले सान्त्वना पुरस्कार हात पारेका हुन् । प्रथम भएसँगै युलियन्सले रु २८ हजार र केन्द्रीय विद्यालयले रु १५ हजार बराबरको उपहार र प्रमाणपत्र पाएको छ । प्रतियोगिताका तृतीय र चौथो टोलीलाई प्रमाणपत्र र ‘टोकन अफ लभ’ प्रदान गरिएको छ ।

प्रतियोगितामा कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको क्लबका अध्यक्ष प्रियान्सु जलानले जानकारी दिए । प्राडा महेन्द्रप्रसाद सिंह, लायन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष लभेन्द्र मल्ल र लायन्स क्लबका मल्टिपल काउन्सिल चियरपर्सन मानबहादुर रोकाले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।
सन् २०२१ को सेप्टेम्बरमा स्थापना भएको लियो क्लब अफ काठमाडौँ समर्पणले कोभिड–१९ को समयमा ३०० भन्दा धेरै व्यक्तिलाई निःशुल्क खाना खुवाउनुका साथै रक्तदान र लत्ताकपडा सहयोगलगायतका काम गरेको क्लबका पूर्वअध्यक्ष सिद्धान्त अग्रवालले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.