भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना | तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन |

हिमपात र आँधीले अमेरिकी जनजीवन अस्तव्यस्त

हिमपात र आँधीले अमेरिकी जनजीवन अस्तव्यस्त

एजेन्सी । व्यापक हिमपात र शक्तिशाली आँधीले अमेरिकाकाे एरिजोनादेखि वायोमिङसम्मको जनजीवन अस्तव्यस्त भएको छ। यहाँका दैनिक उडानहरू रद्द भएका छन्  । प्रतिकूल मौसमका कारण राजमार्ग बन्द हुँदा गाडीमै मानिस फसेका छन्।

हिमपात र शक्तिशाली आँधीका विद्युत्‌ अापुर्तिसमेत भएकाे छैन् । विद्युत नभएपछि आवासमा प्रकाश र न्यानो नहुँदा लाखौँ अमेरिकीको जीवन कष्टकर बनेको बताइएकाे छ । सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन सञ्चालन नगर्न अधिकारीले चेतावनी दिएका छन्।

त्यस्तै दशकौँपछि दक्षिणी क्यालिफोर्नियाको अवस्था अझ खराब भएको छ भने परिस्थिति सामान्य हुन अझै केही दिन लाग्ने अधिकारीहरूले बताएका छन्। लगातारको हिमपात र आँधीका कारण विद्यालय, कार्यालयमात्र होइन सदन पनि बन्द भएका छन्। आज मिनेसोटा विधायिका पनि बन्द रह्यो। यात्रामा निस्केकाहरू उडान नहुँदा विमानस्थलमा अलपत्र परेका छन्। मौसम अनुकूल नहुँदा १ हजार ६ सयभन्दा बढी उडान रद्द भएका छन्। मिनियापोलिस–सेन्टबाट आउने र जाने चार सय उडानमा विलम्ब वा पुनर्तालिका गर्नुपरेको छ भने देशभरि पाँच हजारभन्दा बढी उडानमा ढिलाइ भएको छ।

डेनभर अन्तरराष्ट्रिय विमानस्थलमा पनि आज दुई घण्टाभन्दा बढी समय उडानमा विलम्ब भएको थियो। वायोमिङमा उद्धारकर्ताहरू सवारीसाधनमा फसेका मानिससम्म पुग्न अथक प्रयास गरिरहेका छन् तर शक्तिशाली आँधी र अविरल हिमपातले उद्धार गर्न नसकिएको राजमार्ग गस्तीमा खटिएका सुरक्षा अधिकारीले बताएका छन्।

वायोमिङको यातायात विभागले सामाजिक सञ्जालमा चेतावनीका सन्देश जारी गर्दै राज्यको दक्षिणी भागका अधिकांश सडक ठप्प भएकाले यात्रामा ननिस्कन सुझाएको छ। शक्तिशाली आँधीले क्यालिफोर्नियामा सबैभन्दा ठूलो क्षति भएको छ। जताजतै रूख ढलेका छन् भने विद्युत् आपूर्तिका लाइनमा पनि क्षति भएको छ। राज्यका ६५ हजारभन्दा बढी ग्राहक बिजुलीविहीन भएका छन्। सन् १९८९ पछि पहिलोपटक लस एन्जलस, भेन्चुरा र शान्ता बरबरा काउन्टीका पहाडमा बिहीबार बिहान चार बजेदेखि हिमपातको चेतावनी जारी गरिएको छ।

 

 


Thali Mobile Pvt.Ltd.