भर्खरै : Sorry, your browser does not support inline SVG.

‘हुम्लामा जंगली कानुन, एक महिलालाई कपाल मुडेर दिसा खुवाइयो’

‘हुम्लामा जंगली कानुन, एक महिलालाई कपाल मुडेर दिसा खुवाइयो’

हुम्ला । हुम्लामा अच्चमको घटना घटेको छ । परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोपमा एक महिलालाई कानुन हातमा लिएर दिसा समेत खुवाएको छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया ति महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराईको छ ।

परपुरुषसँग सम्बन्ध राखेको आरोप पुष्टि गरी कानुनी बाटो अपनाउनुको सट्टा ति महिलाका श्रीमान् र गाउँहरु मिलेर जंगली कानुन प्रस्तुत गरेका छन् । सम्बन्धमा भएका भनिएका पुरुषलाई समेत सोधिनीति पनि नगरी निर्घात कुटपिट गरेर यस्तो गरेका छन् ।शुक्रबार बिहान कुटपिट भएको ति महिलाले बताएकी छिन् । एका एक मान्छेहरू जम्मा भएर दिसा खुवाएको, त्यसपछि कपाल मुण्डन गरेर पिटे, त्यसपिछ सबैले मोसो दलेर हातखुट्टा बाँधेर कुटपिट गरेको उनले बताएकी छन्र ।

गाउँबाट फुत्किएर उनी जिल्ला प्रहरी कार्यालय आइपुगेकी छिन् । कुटेर बेहोस अवस्थामा ज्यानभन्दा पनि दुई वर्षकी छोरी र चार वर्षको छोराको निकै माया लागेर आएको भन्दै उनले बिलौना पोखिन् । जुत्ताको माला लगाएर गाउँभरी डुलाउदा छोराछोरी चिच्याइचिच्याई रोइरहेको बताइन् । कुटपिट गर्ने श्रीमानलगायत अन्य आठजनालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले भने पक्राउ गरेको छ ।

घटना विस्तृत छानबिन गरी हदै सम्मको कारबाही गरिने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । महिलाको दोष भएपनि श्रीमान्ले उजुरी दिनुको सट्टा जंगली हर्कत गरेकाले कानुनी उपचार गरिने हुम्लाका डिएसपी सूर्यप्रकाश सुवेदीले कैलाश खबरलाइ बताए ।

 


Thali Mobile Pvt.Ltd.