भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

हुलाकका कर्मचारी आन्दोलनमा

हुलाकका कर्मचारी आन्दोलनमा

बर्दिया । हुलाक कर्मचारीहरुको आन्दोलन चर्किदै गएको छ । अतिरिक्त हुलाक कार्यालय बर्दियाका कर्मचारीहरुको आन्दोलन थप चर्किदै गएको हो । केन्द्रिय अतिरिक्त हुलाक सेवाको परिपत्र अनुसार कर्मचारीको पेशागत हकहितका लागि जारी भएको विज्ञप्तिलाई पुर्ण रूपमा अनुमोदन गर्दै जिल्लाभर रहेका २३ वटा अतिरिक्त हुलाक सेवा अर्को सूचना नआएसम्म पुर्णरुपमा हुलाक सेवा बन्द गर्ने निर्णय गरिएको अतिरिक्त हुलाक कर्मचारी एशोसियसन जिल्ला शाखा बर्दियाले जनाएको छ ।

सरकारले हालै प्रस्तुत गरेको बजेट भाषणमा अतिरिक्त हुलाक सेवा खारेजी गर्ने घोषणाको बिरोध गर्दै कर्मचारी आन्दोलित भएका हुन् । बिभिन्न ७ वुँदे माग राख्दै अतिरिक्त हुलाक कर्मचारी एशोसियसन बर्दियामार्फत उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.