भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

हेटौंडा उपमहानगरपालिका मेयरमा राप्रपाकाे अग्रता

हेटौंडा उपमहानगरपालिका मेयरमा राप्रपाकाे अग्रता

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता कायम गरेको छ । नेकपा एकीकृत समाजवादीलाई उछिन्दै अग्रता कायम गरेको हो ।

पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले २ हजार ७१० मत ल्याएका छन् । एकीकृत समाजवादीकी मीना लामालाई पछि पारेका सिंहलाइ लामाले पच्छ्याएकी छन् । लामाले २ हजार ६६९ मत रहेको छ ।

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल रहेका छन् । उनलले २ हजार ४३४ मत पाएका छन् । हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवार राजेश बानियाँले ३ हजार ९८२ मत पाएका छन् । एमालेका सुमित्रा काफ्लेले ३ हजार १६ मतका साथ पछ्याइरहेकी छन् । राप्रपाकी इन्दिरा न्यौपानेले ८०३ मत ल्याएकी छन् ।

 


Thali Mobile Pvt.Ltd.