भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार दुर्गा घिमिरेलाइ

हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार दुर्गा घिमिरेलाइ

काठमाडौँ, । विन्ध्यवासीनी धार्मिक क्षेत्र विकास समिति पोखराले अधिकारकर्मी एवम् समाजसेवी दुर्गा घिमिरेलाई हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार २०७६ प्रदान गरेको छ । कूल एक लाख एक हजार रुपैया राशि र सम्मानपत्रसहितको सो पुरस्कार शताब्दि पुरुष सत्यमोहन जोशीले आज ललितपुरमा आयोजित कार्यक्रममा प्रदान गर्नुभयो । यस अघि सो पुरस्कार जोशी, आत्मानन्द गिरी र तुलसी दिवसले प्राप्त गरिसक्नुभएको छ ।

पोखराका हेमबहादुर प्रधानले आफना आमा बुबाको नाममा सो पुरस्कारका लागि १५ लाख रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । कार्यक्रममा शताब्दि पुरुष जोशीले समाज सुधार र राष्ट्रको निमित्त घिमिरेले गर्नुभएको काम प्रशंसनीय रहेको बताए। एबीसी नेपाल सामाजिक संस्थाको संस्थापक समेत रहनुभएकी घिमिरेले महिलालाई आफ्नो हक अधिकार दिलाउन र उनीहरुलाई आत्मनिर्भर बनाउन अझे धेरै काम गर्नुपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.