भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

१० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

१० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाउन आह्वान गरिएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारका अनुसार २० प्रदेश सांसदहरुलाई पनि संक्रमण पुष्टि भएको हो । महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने नयाँ उपायका बारेमा छलफल गर्न सरोकारवाला तथा विज्ञको बैठक बोलाइएको पावारको भनाइ छ।

भारतको महाराष्ट्र प्रदेश कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित प्रदेश हो । अहिले ओमिक्रोनका सक्रमत पनि सबैभन्दा धेरै महाराष्ट्रमै देखिएका छन् । कोरोना भाइरसको महामारी तीव्ररूपमा फैलिएकाले आम नागरिकस्तर बाट पनि उच्च सतर्कता अपनाउनुपर्नेमा पावारको जोड छ । भारतमा सरकारले लागु गरेका नियमहरूको पालना नगर्दा र हेलचेक्रयाई गरेकाले महामारी बढी फैलिइएको भन्दै उहाँले भारतीय जनतालाई अपील समेत गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.