भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

१३२ केभी प्रसारण लाइन सञ्चालनमा आउदै

१३२ केभी प्रसारण लाइन सञ्चालनमा आउदै

सोलुखुम्बु । सोमवारदेखि सोलु कोरिडोर १३२ केभी प्रसारण लाइन सञ्चालनमा आउने भएको छ । फागुन २ गतेबाट सञ्चालन गर्ने तयारी भइरहेको आयोजनाले जानकारी दिएको हो । परीक्षण प्रसारणको क्रममा कुनै अवरोध नभएकाले आयोजनाको काम करिब १ महिना अगाडि नै सम्पन्न भए पनि रुट क्षेत्रमा रुख बिरुवाको सङ्ख्या बढेपछि पुनः कटानको स्वीकृति लिने प्रक्रिया अघि बढाउँदा समय लागेको आयोजनाले जनाएको छ ।

प्रसारण लाइन सञ्चालनमा आउनासाथ २३ दशमलव ५ मेगावाटको सोलु खोला आयोजनाको विद्युत् प्रवाह हुनेछ । २०७६ सालको चैतदेखि सञ्चालनमा आएको आयोजना प्रसारण लाइनको समस्याकै कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । प्राधिकरणले वन क्षेत्रको रुटमा हुर्किएका र थपिएका रुख कटानका लागि गरेको प्रस्ताव मन्त्रालयमा पुगिसकेको छ । वन क्षेत्रमा हुर्किएका र बढेका ३ सय ६४ रुख बिरुवा कटानका लागि प्रस्ताव पेस गरिएको छ । सन् २०१६ को सेप्टेम्बर २५ देखि यो प्रसारण लाइनको निर्माण सुरु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.