भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

१८ लाख भन्दा बढि मानिस प्रभावित हुने चेतावनी

१८ लाख भन्दा बढि मानिस प्रभावित हुने चेतावनी

काठमाडौं । यो वर्ष मनसुनजन्य विपद बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने मौसम विद्हरुले चेतावनी दिएका छन् । शुक्रबारबाट मनसुन नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेकाले बाढी पहिरोजन्य प्रकोपबाट १८ लाखभन्दा बढी मानिसहरु प्रभावित हुने मौसमविद्हरुले चेतावनी दिएका हुन । यो वर्षको मनसुनमा औसत भन्दा बढि पानी पर्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ ।

गत वर्ष औसत बराबरजस्तो पानी पर्दा ४ सय मानिसको मृत्यु भएको थियो भने ११ सयभन्दा बढि परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यतिवेला देशको पूर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । पश्चिमी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.