भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

२० सङ्क्रमितको मृत्यु

२० सङ्क्रमितको मृत्यु

चितवन । जिल्लाका अस्पतालमा उपचारका क्रममा २० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने ६ जना चितवनका र अन्य बाहिरी जिल्लाका रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा ७, चितवन मेडीकल कलेजमा ५, पुरानो मेडीकल कलेजमा ५ र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन जना सङ्क्रमितको मृत्यु भएको हो ।

कोरोनाका कारण जिल्लाका अस्पतालमा मृत्यु हुनेको सङ्ख्या यो अहिलेसम्मकै उच्च हो । कार्यालयका अनुसार केही दिन अघि मात्रै एकै दिन १८ जनाको मृत्यु भएको थियो । कोरोना सङ्क्रमणका कारण यहाँका अस्पतालमा मकवानपुर, बारा, पर्सा, रौतहट, तनहुँ, धादिङ्, गोरखा, काठमाडौं, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, नवलपरासी, प्यूठान, नुवाकोटलगायतका जिल्लाबाट उपचारका लागि आउने गर्दछन् ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार यहाँका अस्पतालमा ५ सय २१ जनाको उपचार भइरहेको छ जसमध्ये २ सय ६० जनाको सघन उपचार कक्षमा उपचाररत छन् । ५९ जनाको एचएफएनसी, ९६ जनाको एचडियू र १ सय ६५ जनाको अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । यहाँका अस्पतालबाट ५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 


Thali Mobile Pvt.Ltd.