भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

६१ प्रतिशत मात्र खर्च

६१ प्रतिशत मात्र खर्च

काठमाडाैं । बागमती प्रदेशको यातायात तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले भौतिक पूर्वाधारको विकास तथा निमार्णको कार्यमा चालु आर्थिक वर्षमा ६१ प्रतिशत मात्र खर्च गरेको छ । निर्देशनालयले रु सात अर्र्ब ४२ करोड ७१ लाख खर्च गरेको छ ।

पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८÷७९ मा रु १२ अर्र्ब १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका सूचना अधिकरी हरिप्रसाद ओझाले जानकारी दिनुभयो । चालु आवमा प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सबैभन्दा बढी ८८।६१ प्रतिशत खर्च गरेको छ । निर्देशनालयका लागि चालु आवमा रु ५५ करोड ७९ लाख विनियोजन गरेकामा रु ४९ करोड ४४ लाख खर्च भएको छ ।

निर्देशनालयअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय चितवनले ४९।८४ प्रतिशत, पूर्वाधार विकास कार्यालय ललितपुरले ५७।४८, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले ५३।९६, पूर्वाधार विकास कार्यालय रामेछापले ५४।९९, पूर्वाधार विकास कार्यालय नुवाकोटले ६०।८५, प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले ५७।१४ र प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले ७८।२१ प्रतिशत खर्च गरेको बताइएको छ ।

यसैबीच यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले हेटौँडा उपमहानगरपालिका–११ र १२ जोड्ने राप्ती खोलामा रु २७ करोड ४६ लाखको लागतमा पक्की पुल निमार्ण गरेको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलद्वारा शिलान्यास गरिएको सो पुल २१५ मिटर लामो छ । सो निर्देशनालयका निर्देशक सहदेव भण्डारीले प्रदेश सरकार गठन भएदेखि हालसम्म ७१ पुल निर्माण भइसकेका छन् । हाल ३० पुल निर्माणाधीन अवस्थामा छन् ।

 


Thali Mobile Pvt.Ltd.