भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

६१ प्रतिशत मात्र खर्च

६१ प्रतिशत मात्र खर्च

काठमाडाैं । बागमती प्रदेशको यातायात तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले भौतिक पूर्वाधारको विकास तथा निमार्णको कार्यमा चालु आर्थिक वर्षमा ६१ प्रतिशत मात्र खर्च गरेको छ । निर्देशनालयले रु सात अर्र्ब ४२ करोड ७१ लाख खर्च गरेको छ ।

पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८÷७९ मा रु १२ अर्र्ब १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका सूचना अधिकरी हरिप्रसाद ओझाले जानकारी दिनुभयो । चालु आवमा प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले सबैभन्दा बढी ८८।६१ प्रतिशत खर्च गरेको छ । निर्देशनालयका लागि चालु आवमा रु ५५ करोड ७९ लाख विनियोजन गरेकामा रु ४९ करोड ४४ लाख खर्च भएको छ ।

निर्देशनालयअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय चितवनले ४९।८४ प्रतिशत, पूर्वाधार विकास कार्यालय ललितपुरले ५७।४८, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले ५३।९६, पूर्वाधार विकास कार्यालय रामेछापले ५४।९९, पूर्वाधार विकास कार्यालय नुवाकोटले ६०।८५, प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले ५७।१४ र प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले ७८।२१ प्रतिशत खर्च गरेको बताइएको छ ।

यसैबीच यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले हेटौँडा उपमहानगरपालिका–११ र १२ जोड्ने राप्ती खोलामा रु २७ करोड ४६ लाखको लागतमा पक्की पुल निमार्ण गरेको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलद्वारा शिलान्यास गरिएको सो पुल २१५ मिटर लामो छ । सो निर्देशनालयका निर्देशक सहदेव भण्डारीले प्रदेश सरकार गठन भएदेखि हालसम्म ७१ पुल निर्माण भइसकेका छन् । हाल ३० पुल निर्माणाधीन अवस्थामा छन् ।

 


Thali Mobile Pvt.Ltd.