६ साउन २०७७ हेटौंडा । बागमती प्रदेश सरकारले कार्यसम्पादन सम्झौता गरेको छ । सरकार गठन भएको अढाई वर्षपछि प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुकाबीच कार्यसम्पादन सम्झौता भएको हो ।
आर्थिक वर्ष २०७७ र ७८ लाई प्रभावकारी बनाउन कार्य सम्पादन सम्झौता गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशले जनाएको छ । कार्यसम्पादन सम्झौतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशका ६ ओटै मन्त्रालयका मन्त्रीहरूले हस्ताक्षर गरेका छन् ।
चालू आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट पारित गरे अनुसार बागमती प्रदेश सरकारले कामकारबाही र कार्यसम्पादनलाई सहज तुल्याउने उद्देश्यले मुख्यमन्त्री तथा मन्त्रीबीच कार्यसम्पादन सम्बन्धी सम्झौता भएको हो ।
