भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुने

अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता हुने भएको छ । दुई राष्ट्रका राष्ट्र प्रमुखबीचमा बिहीबार फोनवार्ता हुने क्रेमलिनले बुधबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सो कुराको जानकारी दिंदै सो वार्तामा के कस्ता विषयमा कुराकानी हुने हो भन्ने बारेमा केही बताइएको छैन्

यसअघि दुई देशका राष्ट्रपतिका बीचमा यही डिसेम्बर ७ मा पनि भिडियोमार्फत् कुराकानी भएको थियो । त्यस वेला उनीहरुबीचमा युक्रेनको पछिल्लो अवस्था र त्यहाँ रुसको उपस्थितिका विषयमा कुराकानी भएको बताइएको थियो ।
स्रोतका अनुसार भिडियो कुराकनीमा नेटोका विषयमा पनि कुराकानी भएको थियो । सो वार्तापछि रुसी राष्ट्रपति पुटिनले नेटो सुरक्षासम्बन्धी एक सम्झौता पत्र नै पठाएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.