भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अर्थोपेडिक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

अर्थोपेडिक अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, । ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी नेपाललेनेपालले काठमाडौँको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको छ । सो सोसाइटीका अध्यक्ष प्रा डा राजीवकुमार झाले उक्त अस्पतालका मेडिकल निर्देशक डा युवराज खरेललाई आज ती सामग्री उपलब्ध गराउनुभएको हो । प्रदान गरिएका सामग्रीमा तीन वटा अक्सिजन कन्सन्ट्रेटर, स्यानिटाइजर उत्पादन गर्ने र डिस्इन्फेक्सन गर्ने मेसिनलगायत स्वास्थ्य सामग्री रहेका छन् ।

सो सोइसाइटीका अध्यक्ष एवं चीनको सियान मेडिकल विश्वविद्यालयका प्राध्यापक डा झाले नेपालमा कोरोना भाइरसको प्रकोप बढेपछि उक्त सोसाइटीले नेपालका विभिन्न सङ्घसंस्था एवं अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको बताउँदै गैरनाफामूलक संस्थाका रुपमा सेवा गर्दै आएको यस अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । मेडिकल निर्देशक डा खरेल र उपनिर्देशक डा कैलाश भण्डारीले सो सोसाइटीलाई धन्यवाद ज्ञापन गर्दै नेपालमा कोरोना भाइरसको प्रकोप नहटिसकेका अवस्थामा उक्त सोसाइटीमार्फत प्राप्त यी महत्वपूर्ण स्वास्थ्य सामग्री यस अस्पतालका लागि अमूल्य सहयोग हो भन्नुभयो ।

विसं २०५५ मा गैरनाफामूलक संस्थाका रुपमा स्थापना भएको यस अस्पताल अहिले एक च्यारिटेबल संस्थाका रुपमा सञ्चालनमा छ । एक सय श्यया रहेको यस अस्पतालमा विशेषगरी हाडजोर्नीका बिरामीहरुको उपचार हुने गरेको छ । यस अस्पतालले हाडजोर्नीसम्बन्धी प्रायः सबै खालको उपचार सेवा प्रदान गर्दै आएको छ । डा भण्डारीले नेपालमा हाडजोर्नीको समस्या भएका गरिब तथा असहाय नागरिकलाई च्यारिटीमार्फत सहयोग उपलब्ध गराउन एक सहायता कोषको स्थापना गर्न सकिएमा धेरैलाई सहायता पुग्ने धारणा राख्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.