भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अष्ट्रेलियाले जारी सीमा प्रतिबन्ध सहज बनाउने

अष्ट्रेलियाले जारी सीमा प्रतिबन्ध सहज बनाउने

क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तरराष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गर्नुभएको छ। मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट शुरू हुने छ र ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ । पूर्णरूपमा खोप लगाइएका अष्ट्रेलियालीहरू र वेल्समा आउने स्थायी बासिन्दाहरू होटलमा महङ्गो क्वारिन्टिन बसाइँको सट्टा एक हप्ताको लागि घरमै क्वारिन्टिनमा बस्न सक्ने व्यवस्था मिलाइएको समाचार माध्यमले जनाएका छन् ।

पूरै खोप लगाएका अष्ट्रेलियालीहरूलाई व्यावसायिक उडान मार्फत आवतजावत खुला गरिनेछ। गत वर्ष मार्च २० मा अस्ट्रेलियाले कोरोनाभाइरस महामारीलाई मध्यनजर गर्दै विश्वको सबैभन्दा कडा प्रकारको सीमा प्रतिबन्ध लगाएको थियो जसबाट १८ महिनासम्म सीमा नाकाहरू बन्द गरिएका छन् । प्रधानमन्त्री मोरिसनका अनुसार सरकारले न्यूजील्याण्ड जस्ता केही देशहरू बीच क्वारेन्टिनमा बस्न नपर्ने गरी यात्रा सहज गर्ने बारे उचित समयमा निर्णय लिनेछ। सरकारले जनताको सुरक्षाका निम्ति यथासम्भव प्रयत्न गरेको छ पूर्ण सुरक्षाको प्रत्याभूति दिलाएको छ।

१२ वर्षभन्दा कम उमेर समूह र चिकित्सकीय परामर्शममा रहेका बाहेक सबैले यात्राका निम्ति पूर्णरूपमा पूरै मात्रा खोप लगाएको हुनेपर्ने प्रधानमन्त्री मोरिसनले बताउँनुभएको छ। यसैबीच, खोप नलागेका यात्रुहरूका लागि भने १५ दिनको होटल क्वारिन्टिनको आवश्यकता पर्नेछ।
सरकारले खोप लगाएका यात्रुहरुको ट्राभल क्याप्स हटाउन राज्यहरूसँग मिलेर काम गर्ने जनाएको छ। एबीसी समाचार माध्यमले जनाएअनुसार अष्ट्रेलियाले कोभिड परीक्षणको दायरालाई विस्तार गर्दै यात्राकै दौरानमा पनि यसलाई निरन्तता दिने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.