भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आक्रमणमा मुस्लिम धर्मगुरु किरेभु मारिए

आक्रमणमा मुस्लिम धर्मगुरु किरेभु मारिए

काठमाडौं । युगाण्डामा अतिवादीविरुद्धको सुरक्षा कारबाहीमा मुस्लिम धर्मगुरु मारिएका छन् । विद्रोहीको अखडा राजधानी कम्पालाभन्दा केही बाहिर सुरक्षा कारबाहीमा धर्मगुरु शेख मुहम्मद अब्बास किरेभु मारिएका हुन् । उनको नेतृत्वमा रहेको अतिवादी समुहले ‘एलाइड डेमोक्रेटिक फोर्सेस– एडिएफसँग मिलेर गत मंगलवार कम्पालामा आत्माघाति विष्फोट गराएको युगाण्डा सरकारले दावी गरिरहेको वेला
सुरक्षाकर्मीले चलाएको गोली लागेर उनको मृत्यु भएको हो ।

अब्बास किरेभु युगाण्डामा मस्लिम समुदायमा लोकप्रिय थिए । सन् २०१९ मा इस्लामिक स्टेटसँग आवद्ध भएयता यो संगठनले कंगो, युगाण्डा लगायतका देशहरुमा आक्रमण गर्दै आएको छ । सन् १९९० को दशकमा गठन भएको विद्रोही समुह एडिएफ अहिले प्रजातान्त्रिक गणतन्त्र कंगोमा आश्रय लिइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.