भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

आतकङ्कारी अक्रमणमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु

आतकङ्कारी अक्रमणमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु

एजेन्सी । सिरियाको उत्तरी शहर मिनबेजमा भएको एक विस्फोटमा परी एकै परिवारका तीन व्यक्तिको मृत्यु भएको सिरियाली कुर्दिश अधिकारीहरुले जनाएका छन् ।यस आक्रमणमा परी मारिएका एकै परिवारमा दुई महिला एक बालक रहेका जनाइएको छ । यस आक्रमणमा परी पाँच व्यक्ति घाइते भएका छन् । घाइतेहरुमा कुर्दिश असायेस सुरक्षा बलका दुई सदस्य र तीन सर्वसाधारण रहेका जनाइएको छ ।

कुर्द प्रशासनको अधीनमा रहेको अरब बाहुल्य शहर मिनबेजमा नागरिकहरु बोकेको एउटा गाडी प्रवेशद्वारमा आतकङ्कारी विस्फोट भएको बताइएको छ । बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मनिटरले उक्त विस्फोट कारबम भएको जनाइएको छ। क्षेत्रीय प्रशासनको मुख्य लडाकू बल कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सले इस्लामिक स्टेट्स जिहादी समूह विरुद्धको लडाईको नेतृत्व गरेको थियो ।

यस बलले युद्धग्रस्त सिरियाको पूर्वी र उत्तरपूर्वी क्षेत्रको विशाल क्षेत्रलाई नियन्त्रण गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.