काठमाडौं । युवा गायक आयुष मगरले आफ्नो डेब्यु गीत माया पनि बसेकै थियो सार्वजनिक गरेका छन् ।
गीतमा आयुषको स्वर, शब्द र संगीत रहेको छ भने उदय राज पौडेलले संगीत संयोजन गरेका छन् ।
युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको गीतको भिडियोमा प्रिन्स बिश्वकर्मा र प्रशम्षा रायमाझी बिचको अन्स्क्रिन प्रेम र रोमान्स मज्जाले देख्न सकिन्छ ।
शिवराम श्रेष्ठ र सम्सरा कर्माले छायाँकन गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन् ।
राजनको पनि निर्देशन रहेको भिडियो गायक मगरको युट्युव च्यानल आयुष मगर मार्फत सार्वजनिक भएको हो ।
हाल अमेरिकामा बस्दै आएका गायक मगरले म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।
