भर्खरै : Sorry, your browser does not support inline SVG.

एअर इन्डियालाई (३६ हजार ४ सय ९६ अमेरिकी डलर) जरिबाना

एअर इन्डियालाई (३६ हजार ४ सय ९६ अमेरिकी डलर) जरिबाना

भारत । एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ जरिबाना गरिएको छ । भारतीय एअरलाइन्स एअर इन्डियाका विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको घटनापछि भारतको उड्डयन नियामक निकायले एअर इन्डियालाई ३० लाख भारतीय रुपैयाँ (३६ हजार ४ सय ९६ अमेरिकी डलर) जरिबाना गरेको हो ।

डीजीसीएले पाइलटको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुबई–दिल्ली उडानका चालक दलका सदस्यले गएको फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.