भर्खरै : Sorry, your browser does not support inline SVG.
सगरमाथा संरक्षणमा राष्ट्रपतिको जोड : दिगो पर्यटन र हिमाली वातावरण जोगाउन आग्रह | म्याग्दीको सिरुवारीमा पहिरो : बेनी–जोमसोम–कोरला सडक अवरुद्ध, यातायात ठप्प | तीन मौसमी प्रणाली सक्रिय : बुधबार देशभर चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | क्यान्सर अस्पतालमा औषधि अभाव | अमेरिका–इरान तनाव फेरि चर्कियो : नयाँ हवाई आक्रमणपछि युद्धविराम संकटमा, होर्मुज र आणविक वार्ता थप पेचिलो | उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ |

एकै गाउँका दुई किशोर-किशोरीको शव झुण्डिएको अवस्थामा फेला

एकै गाउँका दुई किशोर-किशोरीको शव झुण्डिएको अवस्थामा फेला

एकै गाउँका दुई किशोर-किशोरीको शव झुण्डिएको अवस्थामा फेला परेको छ। महोत्तरीको मनरासिस्वा नगरपालिका- ६ सरपल्लो गाउँका किशोर-किशोरीको शव झुण्डिएको अवस्थामा फेला परेको हो।
मंगलबार एकै दिन १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका हुन्।
नायब उपरीक्षक विष्टका अनुसार सुनिलको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको र खुश्बुको शव भने उनको घर नजिकै रहेका आँपको बगैँचामा झुण्डिएको अवस्थामा फेला परेको हो। स्थानीयहरुले उनीहरु दुबैजनाले आत्महत्या गरेको आशंका गरेका छन्।

उनीहरुले के कति कारणले एकै समयमा आत्महत्या गरे त्यो खुलेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले बताए। दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ।

 


Thali Mobile Pvt.Ltd.