२४ साउन २०७७ भक्तपुर । पर्यटन विकासका लागि सुन्दर पर्यटकीय स्थल संरक्षणमा स्थानीयले चाँसो दिएका छन् । सूर्यविनायक नगरपालिका वडा न. ८ स्थित रहेको अति सुन्दर पर्यटकीय स्थल गडी संरक्षणमा स्थानीय जुटेका हुन । कोरोना महामारीले धरासायी बनेको पर्यटन व्यवसायलाई उजागर गर्नका लागि विनय तामाङको अध्यक्षतामा १७ सदस्यीय गडी संरक्षण तथा विकास समिति चयन भएको छ ।
चारैतीर हरियाली । कच्ची बाटो वरपर डाडा पाखाले भरिएको सुन्दर पर्यटकीय स्थल गडीको संरक्षणले अब आन्तरिक तथा वाहय पर्यटकका लागि आकर्षक गन्तव्य हुने भएको छ । भक्तपुर जिल्लाको सूर्यविनाय नगरपालिकामा अवस्थित यहाँ पर्यटकका लागि मात्रै आक्रषणको केन्द्र होइन, यो एक ऐतिहासिक धरोहर पनि हो । बाटोको सहज पहुँच नहुदा रानीकोट नजिकैको अर्को पर्यटकीय गन्तव्य ओझलमा परेको थियो ।
सडकको सहज पहुँच नहुँदा आन्तरिक पर्यटक मात्रै आउने गरेको स्थानीयले बताए । रानीकोट गडी सम्मको बाटो पीच भएकाले आन्तरिक पर्यटकले घ्याम्पे डाडामा भ्याईनभ्याई हुनेगरेको छ भन्दै स्थानीयले बाटो नबनेकाले यहाँ आउन खोजे पनि उतैबाट पर्यटक फर्किएर जाने गरेको उनीहरु बताउछन् । तर बाटो नबन्नु र प्रचार प्रसारको कमीले यो सुन्दर ठाउँ ओझेलमा पर्न गएको व्यवसायी बताउछन् । सुन्दरताको रानी अझ रानीकोट नजिकै रहेको यो सुन्दर पर्यटकीय स्थल गडीको संरक्ष विकासमा ध्यान नदिदा कस्तुरीको बीणा लुके जसरी लुकिरहेको छ ।
रानीकोटको पहिचान त्यसै बनेको होईन भौतिक पूर्वाधारको विकास भएको र अझ होटल व्यवसाय संचालनमा आएकोले पर्यटकको केन्द्र बनेको हो भन्छन् जानकारहरु । अझ रानीकोट चिनाउनमा व्यवसायी रामसुन्दर बकेको देन महत्वपूर्ण रहेको उनीहरुको भनाई छ । ऐतिहासिक महत्वको गडी आझेलमा पर्न नदिने र टप पर्यटकिय गन्तव्य बाएरै छाड्ने संरक्षण समितिले प्रतिवद्धता व्यक्त गरेको छ ।
चारैतीर जंगल अग्ला डाडा माथिबाट उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ भने वर्षा यामको हरियालीले आनन्दको अनुभुति दिने गर्दछ । यसठाउँको विकासमा ध्यान दिनेहो भने यहाँका स्थानीयको आयआर्जनमा प्रगति त हुनेनै छ । त्यसभन्दा बढी नगरपालिकालाई फाईदा हुनेछ । यसको विकासले नगरपालिकाको आयआर्जनमा समेत टेवा पुग्ने छ ।
प्राकृतिक रूपमा मनोरम रहेकाले आन्तरिक पर्यटक त्यहाँ पुग्न रुचाउन थालेको वडाध्यक्ष किरन थापा मगरले बताए ।आन्तरिक गन्तव्यका रूपमा परिचित रानीकोट, घ्याम्पेडाडा मात्रै होइन गडी क्षेत्रको अत्याधिक सम्भावना देखिएपछि यस क्षेत्रमा भौतिक पूर्वाधारको विकास गरी थप चहलपहल ल्याउन आवश्यक रहेको व्यवसायी रामसुन्दर बकेले बताए ।
आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएकोले स्थानीय सरकारले भौतिक संरचना निर्माणमा चासो दिएकोमा पत्रकार भरतबन्धु थापाले स्थानीयलाई धन्यवाद दिए । वडाले पर्यटन पहुँचमार्ग, आकाशे पुल, वनभोजस्थल निर्माणलगायतका भौतिक संरचनाको विकास गरी पर्यटकीय गन्तव्य बनाउनमा वडाध्यक्ष थापालाई स्थानीयले आग्रह गरेका छन् ।
तस्वीरमा…


