भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुग्दा मृतकको संख्या ७३ पुग्यो

कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुग्दा मृतकको संख्या ७३ पुग्यो

२४ साउन २०७७ काठमाडौं । नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या ७३ पुगेको छ । पर्सा, मोरङ र काठमाडौंमा १-१ जनाको मृत्यु भएको छ भने वीरगञ्ज ३ छप्कैयाका ७४ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै, मोरङको विराटनगर महानगरपालिका वडा नं ९ का ५८ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । साउन २३ गते बिहान उनको कोशी अस्पताल विराटनगरमा उपचाररको क्रममा मृत्यु भएको हो । यता, पाटन अस्पतालमा उपचाररत काठमाडौं टोखाका ४१ वर्षीय महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । आज मात्र ३ सय ७८ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा महोत्तरीका २ र सुनसरीका १०, कोशी अस्पताल प्रयोगशाला विराटनगरमा मोरङका २२ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका २६, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा सप्तरीका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १६, महोत्तरीका १४ र सर्लाहीका ३२ जनामा कोरोना पाइएको छ।
नारायणी अस्पताल वीरगञ्जमा बाराका २ र पर्साका ५३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका २, पर्सा र सर्लाहीका १र१, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा बाराका ४, मकवापनुरका ६, रौतहट र सर्लाहीका ३र३, र सिन्धुलीका १ जना छन् । धुलिखेल अस्पतालमा काभ्रेपलाञ्चोकका ७ र रामेछापका ४, पाटन अस्पताल ललितपुरमा बारा र धादिङका १र१, धनुषाका २, काठमाडौंका ५, सिन्धुलीका १ र ललितपुरका ३, वीर अस्पताल काठमाडौंमा धनुषा र दोलखाका २/२, काठमाडौं, महोत्तरी, नुवाकोट, रामेछाप र रौतहटका १/१ जनामा कोरोना भेटिएको छ ।

त्रिवि शिक्षण अस्पताल काठमाडौंमा धादिङ र काठमाडौंका १/१, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २९, स्टार अस्पताल सानेपामा काठमाडौंका १२, विद ल्याब काठमाडौंमा काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ । नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा भक्तपुरका ३, कञ्चनपुरका १, काठमाडौंका २, मोरङ र पर्साका १र१, बागलुङका १३, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा कास्कीका ३, म्याग्दीका १ र स्याङजाका ७ जनामा कोरोना भेटिएको छ ।

मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगञ्जमा बाँकेका ४९, रुकुम पश्चिम र बर्दियाका १/१, सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतका ३, चौर जहारी पिसिआर नगरपालिका प्रयोगशालामा जाजरकोटका १ जनामा कोरोना पाइएको छ । डडेल्धुरा अस्पताल प्रयोगशालामा बझाङका ३, सेती प्रादेशिक अस्पताल धनगढीमा कैलालीका ४ र कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

कोरोनाको आशंकामा गत २४ घण्टामा ७ हजार ७ सय ८८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ४ लाख ३५ हजार २ सय ८९ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार २ सय ६ जना संक्रिय संक्रमित रहेका छन् । मुलुकभर १० हजार ७ सय ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.