काठमाडौं । नेकपा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक स्थगित भएको छ । बिहीबार बस्ने गरी तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।
आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले बताए । स्थगित बैठक आवश्यकताअनुसार बस्ने उनको भनाइ छ ।
केन्द्रीय कमिटी बैठक स्थगित भए पनि अध्यक्ष ओलीले आन्तरिक छलफल गर्ने छन् । एमालेको १० औँ महाधिवेशन नारायणी नदी किनारमा शुक्रबार उद्घाटन हुँदैछ । त्यसका लागि एमालेले भव्य तयारी गरेको छ ।
