भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि काठमाठाैंमा रहेका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र गरिने

ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि काठमाठाैंमा रहेका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र गरिने

काठमाडौं । कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आज (बुधबार)देखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थनाका मात्र खुल्ने जनाएका छन् भने पूजापाठ नहुने बताएको छ ।

ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि धार्मिक कार्यक्रम पनि संकुचन गरिएको जानकारी दिइएको हो । त्यस्तै नेपालको महत्वपूर्ण धार्मिक स्थल
पशुपति क्षेत्रमा पनि पूजापाठ स्थगित गरिएको बताइएको छ ।

पशुपति क्षेत्र विकास कोषले सूचना जारी गरी पशुपतिनाथ, गुह्वेश्वरी लगायत पशुपति क्षेत्रका मठमन्दिरमा परम्परागत नित्य पूजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जानकारी दिएको हो ।

 


Thali Mobile Pvt.Ltd.