भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

कंगनाको सुरक्षाका लागि ११ सुरक्षाकर्मी तैनाथ

कंगनाको सुरक्षाका लागि ११ सुरक्षाकर्मी तैनाथ

भारत । सरकारले अभिनेत्री कंगना रनौतलाई ‘वाई’ श्रेणीको सुरक्षा दिएको छ । मुम्बई जानुअघि उनलाई गृह मन्त्रालयले उच्चस्तरको सुरक्षा दिएको हो । अब कंगनाका सुरक्षाका लागि ११ सुरक्षाकर्मी तैनाथ हुनेछन् ।

९ सेप्टेम्बरमा मुम्बई जाँदै गरेकी उनलाई सिफ्टका आधारमा २४सै घन्टा सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । कंगनाले गृहमन्त्री अमित शाहलाई ट्विटरमा मेन्सन गर्दै ‘वाई’ श्रेणीको सुरक्षा दिइएकोप्रति आभार प्रकट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘यो यस्तो प्रमाण हो कि कुनै पनि देशभक्त आवाजलाई कोही फासीवादीले कुल्चन सक्दैन ।’

शिवसेनाका सांसद सञ्जय राउतले केही दिनअघि उनलाई मुम्बईमा डर लाग्छ भने नआउन भन्दै धम्की दिइएको थियो । यसपछि कंगनाले सामाजिक सञ्जालमा आफू ९ सेप्टेम्बरमा मुम्बई आउने र हिम्मत भए रोकेर देखाउनु भनेर बोलिन् । केही समयअघि मुम्बई प्रहरीसँग आफूलाई डर लाग्ने अभिव्यक्ति दिएपछि पनि उनी विवादमा तानिएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.