भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

कतै तपाईंको कम्प्युटर ह्याक त भएको छैन ? यसरी थाहा पाउनुहोस्…

कतै तपाईंको कम्प्युटर ह्याक त भएको छैन ? यसरी थाहा पाउनुहोस्…

काठमाडौं । पछिल्लो समय संसारभर ह्याकिङका घटनाहरू दिनप्रति दिन बढिरहेका छन् । कोभिड-१९ सँगै नेपालमा पनि ह्याकिङका धेरै घटना देखिएका छन् । यी धेरै घटनाहरू कम्प्युटर ह्याकिङसँग सम्बन्धित छन् ।

कम्प्युटर वा कम्प्युटरमा आधारित प्रणालीहरू, कार्यक्रम, सूचना वा तथ्याङ्कहरूमा बिना कुनै जानकारी पहुँच प्राप्त गर्नु नै  कम्प्युटर ह्याकिङ हाे ।  ह्याकरहरूले कम्प्युटर ह्याकिङ गरिसकेपछि कम्प्युटर प्रणालीलाई अवरुद्ध गर्ने, डेटाको स्वरूप परिवर्तन गर्ने, नष्ट गर्ने, डेटा बिक्री गर्ने लगायतका कार्य गर्न सक्छन् । त्यसैले यसमा तपाइहरू चनाखाे हुन अावाश्यक छ  । यस्ता ह्याकिङका घटनाबाट सुरक्षित रहन आवश्यक हुन्छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको जानकारी आधारमा यहाँ हामी तपाईँहरूलाई कम्प्युटर ह्याक त भएको छैन भनी हेर्न सिकाउँदै छौं ।

कम्प्युटर ह्याकिङ भएको कसरी थाहा पाउने त ?
१. कम्प्युटरमा तपाईंको जानकारी बिना प्रोग्रामहरू इन्स्टल भएको देखिएमा साथै, कम्प्युटर अन गर्ने बित्तिकै त्यस्ता प्रोग्रामहरू स्वतः स्टार्ट हुने र इन्टरनेटसँग कनेक्ट गर्न खोजेमा ।

२. असामान्य रुपमा कम्प्युटरको Performance घट्ने, CPU/RAM को Usage बढ्ने तथा कम्प्युटर बेला बेलामा नचल्ने/ स्वत बन्द हुने भएमा ।

३. अनावश्यक रुपमा वेबसाइटहरुमा Redirect/Visit हुने, विभिन्न सफ्टवेयर आफै डाउनलोड हुने बारम्बार पप अफ विन्डोज आइरहने भएमा ।

४. कम्प्युटर धनीको ईमेल खाताबाट वा सामाजिक सञ्जाल खाता (Social Media Account) बाट तपाईंको जानकारी विना धेरै इमेल वा सन्देश (Messages) पठाइएको पाइएमा ।

५. तपाईंको जानकारी/अनुमति बिना Intemet Browser को Home page परिवर्तन भएमा ।

६. विन्डोज फायरवाल, एन्टिभाइरस, टास्क म्यानेजर र रजिस्ट्री इडिटर स्वतः डिसेवल भएको पाइएमा ।

७. आफ्नो पासवर्डले काम गर्न छोडेमा ।

८. आफ्नो पासवर्ड कुनै पब्लिक डोमेनमा प्रकाशित भएको पाइएमा ।

९. अस्वभाविक रुपमा धेरै इन्टरनेट ब्याण्डविथको खपत भएको पाइएमा र इन्टरनेट स्लो भएमा ।

१०. यदि “You’ve been hacked ” जस्तो म्यासेज प्राप्त भएमा ।

११. आफ्नो इमेल आदिमा फिरौती रकम माग गरी र्‍यानसमवेयर ईमेल सन्देश प्राप्त भएमा ।

१२. ब्राउजरमा अनावश्यक टुलबारहरु देखिएमा ।

Mohotsav


Thali Mobile Pvt.Ltd.