भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

कला र संस्कृतिको भूमिका महत्वपूर्ण छः मुख्यमन्त्री पोखरेल

कला र संस्कृतिको भूमिका महत्वपूर्ण छः मुख्यमन्त्री पोखरेल

नवलपुर, । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक समृद्धिका लागि कला र संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताए । आज नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट–४ किसान आर्ट ग्यालरीमा ‘आत्मदीपन’ सामूहिक चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले कला र संस्कृतिको सम्वद्र्धन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । मुख्यमन्त्री पोखरेलले कला र संस्कृति संरक्षणका लागि प्रदेश सरकारले योजना बनाइरहेको उल्लेख गर्दै कलाकारलाई प्रोत्साहन गर्न आफू तत्पर भएको बताए ।

“तपाई कलाकारले योजना ल्याउनुस्, प्रदेश सरकारको तर्फबाट पूर्णरुपमा सहयोग गर्छौं”, उहाँले भन्नुभयो, “सरकारले कलाको संरक्षणका लागि विशेष कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।” चित्रकलाका लागि नवलपुर उर्बर भूमि भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नवलपुरका कलाकारले चित्रकलामार्फत अन्तर्राष्ट्रियरुपमा देशको नाम उँचो राख्न सफल भएको स्मरण गर्नुभयो । मुख्यमन्त्री पोखरेलले नेपालमा प्रजातन्त्र आएपछि कलाका सबै विधामा एकखालको प्रतिस्पर्धा भएको भन्दै सबैले आफूलाई अगाडि बढ्ने जमर्को गरेका बताए ।

“चित्रकलाको आफ्नै खालको महत्व छ, यसमा कुनै द्विविधा छैन”, उहाँले भन्नुभयो, “हाम्रो शिक्षा तथा संस्कृति मन्त्रालयमार्फत हामीले प्रदेशभित्रका कलाकार, यहाँका संस्कृति, परम्परा सबैलाई संरक्षण गर्ने भन्ने एउटा कार्यक्रम पनि छन्, ती कार्यक्रममा कतै समायोजन गरेर तपाईहरुलाई सहयोग गर्नेछौँ, बसेर छलफल गर्नुपर्छ ।” हामी कलाकार, त्रिवेणी साहित्य प्रतिष्ठान र कलावति आर्ट काउन्सिलको आयोजनमा आजदेखि सुरु भएको चित्रकला प्रदर्शनीमा असोज २२ गतेसम्म चल्नेछ । प्रदर्शनीमा १७ चित्रकारका ५२ वटा कलाकृति राखिएको हामी कलाकारका अध्यक्ष भीम शर्माले जानकारी दिए।

उहाँले प्रजातन्त्र आए पनि कला विकास तथा विस्तारमा राज्यको चासो पुग्न नसकेको दुखेसो पोख्नुभयो । कोभिड–१९ का कारण बनेका अधिकांश चित्रहरु बिक्रीवितरणमा समस्या हुँदै आएका कलाकारको गुनासो छ । प्रदर्शनीमा राखिएका चित्रमा सबै धर्म समान भन्ने भाव जनाउन एउटै चित्रमा हिन्दू, बौद्ध, इसाई र क्रिचिस्यन धर्मावलम्बी झल्किने आकर्षक चित्रसमेत कोरिएको छ । कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी, गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कँडेल, किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरि चालिसेलगायतले चित्रकला प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.