काठमाडौं । गायक मुरारी भण्डारीको सांगीतिक कोसेली कहाँ जान लागेकी बोलको म्युजकि भिडियो सार्वजनकि भएको छ । भण्डारीको नै शब्द रहेको गीतमा संगीत र संयोजन शशीविक्रम थापाको रहेको छ ।
म्युजिक बैंक नेपालमा रेकर्ड भएको गीतमा रेकर्ड, मिक्सीङ र मास्टरिङ कृष्ण पुनको रहेको छ । म्युजकि भिडियोमा थापाकै निर्देशन रहेको छ ।
भिडियाे हेर्न यहाँ थिच्नुहाेस्…
गंगाराम राई र दिपक रायमाझीको छायांकन रहेको भिडियोमा जगदिश अधिकारी, अर्जुन खड्का, मदनकुमार थापा, विक्रम नगरकोटी, सपेन्द्र धिताल, दिपिका थापा, संगीता तामाङ, अनिशा श्रेष्ठ, उषा मगर, दिपीशा दवाडी लगायतका कलाकारको जीबन्त अभिनय रहेको छ । विक्रम गौतमको श्रृंगार रहेको भिडियो डिलाईट्स फिल्मसको अफसियिल युट्युब च्यानलबाट सार्वजनकि गरिएको हो ।

